७१ जना यात्रु सवार विमान काठमाडौँमा दुर्घटना: जहाज पुरै जलेर नष्ट

Leaderboard Banner

काठमाडौँ –  केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरणको क्रममा एयर बङ्लाको विमान दुर्घटनाग्रस्त  भएको छ।
ढाकाबाट नेपालका उडेको ड्यास–८ विमान सोमबार दिउँसो करिव २ बजेर २० मिनेट जाँदा विमानस्थलमा ल्याण्डिङ गर्ने क्रममा रनवेबाट बाहिर जाँदा दुर्घनामा परेको हो ।  त्यहाँ रहेका प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको बताएका छन । दुर्घटनामा परेको विमानमा आगो लागेको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित ७१ जना यात्रु रहेको जानकारीमा आएको छ। महानगरिय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए अनुसार अहिलेसम्म १४ घाइतको उद्धार भएको छ । बिमानमा २ सय ५० भन्दा बढी यात्रु सवार रहेको अपुष्ट खबर समेत हामीलाई प्राप्त भएको छ ।

अहिले पनि यात्रुहरुको उद्दार कार्य जारी रहेको छ । यतिखेर दुर्घटनापछि विमानस्थलमा सबै उडान तथा अवतरण रोकिएका छन् । अहिले सम्म पुस्ट जानकारी नआए पनि निकै ठूलो जानजनको क्षेती भएको बुझिएको छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना हेर्नुस् १० तस्विरमा (फोटोफिचर)