चलचित्र मंगलमले पायो दर्शकको यस्तो साथ

Leaderboard Banner

काठमाडौं ।   नेपाली चफचित्र  निर्मातामध्ये सबैभन्दा बढी चलचित्र निर्माेण गर्ने निर्माता हुन, छविराजा ओझा ।   २२ वटा चलचित्रका निर्माता अाेझाकाे अहिले हलमा मंगलमले दर्शकको प्रशंसा पाउन सफल भएको छ ।

चलचित्र मंगलम शुक्रबार देशब्यापी प्रदर्शनमा आएसंगै फिल्म हेरेका दर्शककले मंगलम् पछिल्ला फिल्म मध्यकै राम्रो फिल्म बनेको प्रतिकृया दिएका छन् । डेव्यु चलचित्र दर्पण छाया २ बाट चलचित्र बजारमा आएका नव नायक पुष्प खड्काले मंगलममा गरेको काम र भूमिकालाई यतिबेला चौतर्फी माया तथा प्रसंशा पाईरहेको छ । चलचित्रमा नायिका शिल्पा पोखरेलको प्रस्तुती रहेको छ ।शिल्पा र पुष्प मुख्य भुमिकामा रहेको मंगलममा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि केहि महत्वपुर्ण भुमीकामा देखिएकी छन् । यस्तै पृथ्वीराज प्रसाइँ , नीर शाह मिथिला शर्मा लगायतको अभिनय पनि प्रसंसनिय नै रहेको बताउछन चलचित्र हेर्ने दर्शक ।

निर्देशक नवल नेपालको निर्देशन रहेको फिल्म मंगलम गुण सिनेमा प्रालीको सहकार्यमा निर्माण भएको हो । सामाजिक र पारिवारिक पृष्ठभुमीमा  आधारीत  प्रेमकथालाई प्रस्तुत गरिएको यस फिल्मलाई विष्णु घिमिरेले छायांकन गरेका हुन् भने फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन् ।

प्रकाशित : आइतबार, फागुन २७, २०७४१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस अभिनेत्रीलाई एक रातको लागि २० लाख रुपियाँ अफर गरेपछि…