मिलनको अर्को प्रेमकथा ‘बोबी’ को टिजर सार्वजनिक

Leaderboard Banner

काठमाडौं । पछिल्लो समयका नेपालका एक खप्पीस निर्देशकका रुपमा चर्चामा आउन थालेका मिलन चाम्स निकै खारिएका निर्देशनका रुपमा चिनिन्छन।

मिलनले निर्देशन गरेका चलचित्रका टिजर, ट्रेलर र गीत अहिले एकपछि अर्को लगातार सार्वजनिक तथा चलचित्र प्रर्दशनमा आईरहेका छन् । मिलन आफै कुन चलचित्र कहिले रिलिज गर्ने दोधारमा छन् ।मिलन निर्देशित चलचित्र ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुने भएको छ  । यसका लागी अहिले निर्माण टिम प्रचार प्रसारमा जुटेको छ । उता मिलन आफैले निर्देशन गरेको अर्को नेपाली चलचित्र ‘ह्याप्पी डेज’को प्रदर्शन मिति परिवर्तन भईरहेको छ ।

यसै शिलशिलामा मिलनको अर्को चलचित्र ‘बोबी’ को टिजर पनि सार्वजनिक भएको छ । भर्खरै मात्र एक दृश्टीविहिन रहेकि सृष्टी केसिको वायोपिक कथा ब्ल्याईन्ड रक्स प्रस्तुत गरेका उनले एक वास्तविक प्रेम जोडिको प्रेमकथालार्इ पर्दामा उतार्न हर प्रयास गरेका छन् । नर्वेमा बस्दै आएका रियल जोडी कविता गुरुङ र उमेश थापाको जीवनको संघर्ष, प्रेम, सफलताको कथालाई ‘बोबी’मा प्रस्तुत गरिएको छ । विजय लामा, रुवि राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नरेश भट्टराइको कथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत छ । तर लगातार चलचित्र प्रर्दशनमा आएका बेला भएरै होला उक्त चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रकाशित : आइतबार, फागुन २७, २०७४१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आलुको बीउ उत्पादन!