जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुदाँ २५ जना घाइते

Leaderboard Banner
सांकेतिक तस्वीर

उर्लाबारी, मोरङ, २७ फागुन : मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस

प्रकाशित : आइतबार, फागुन २७, २०७४०९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

माटोको ढिस्कोले पुरिएर मृत्यु