पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालक भेटिएनन्

Leaderboard Banner

बैतडी, मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तीन दिनसम्म पनि भेटिएका छैनन् ।

शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी बिहीबार आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

शिवनाथ गाउँपालिका–१ खाणघाटमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेपत्ता बालकको प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् । -रासस

प्रकाशित : शनिबार, फागुन २६, २०७४२०:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ