यी हुन् विश्वको सबैभन्दा हिंस्रक शहरहरु

Leaderboard Banner

काठमाडौँ: संसारको सबैभन्दा सुन्दर शहर, शान्त शहर, समृद्धशाली शहर जस्ता शहरको सूची तयार भईरहन्छ, तर हालै दुनियाँको सबैभन्दा हिंस्रक शहरको सूची जारी भएको छ।

यो सूचीमा सबैभन्दा बढी हिंस्रक शहर ल्याटिन अमेरिकालाई समावेश गरिएको छ। मेक्सिकोको नागरिक संगठन सिटिजन काउन्सिल फर पब्लिक सेफ्टी एण्ड क्रिमिनल जस्टिस(सिसिएसपिजेपी) को हालसालैको रिपोर्टमा यस्तै ५० शहरहरुको बारेमा बताइएको छ।

यस संगठनले १ लाख बासिन्दाहरुमाथि हत्याको आँकलन गरी यो सूची तयार पारेको हो। यी ५० शहरहरु मध्ये १७ ब्राजिलको , १२ मेक्सिकोको  , ५ भेनेजुयलाको , ३ कोलम्बियाको र २ होन्डुरसको शहरहरु परेका छन् । यस बाहेक एल साल्वाडोर, ग्वाटेमाला र प्यूर्तो रिकोमा पनि एक-एक शहर छ।

मेक्सिकोको उत्तर-पश्चिमी प्रान्तको बाजा क्यालिफोर्निया सुर स्थित लस काबोस शहर पर्यटक स्थल हो। तर यस वर्ष यो शहरलाई संसारकै सबैभन्दा बढी हिंस्रक शहरको सूचीमा पहिलो स्थानमा राखिएको छ।

सिसिएसपिजेपीले तीन लाख जनसंख्या भएको शहरमा गरेको अध्ययनमा पाएको छ कि हालैको समयमा त्यहाँ तीव्र गतिले हिंसामा बढोत्तरी भएको छ। त्यहाँ एक वर्षमा करिब ५०० प्रतिशतले हिंसामा वृद्धि भएको देखिएको छ।

तर सन् २०१६ मा त्यहाँ ६१ हत्या भएका थिए। त्यहीं सन् २०१७ मा ३६५ हत्या भएका थिए। मेक्सिकोमा १ लाख व्यक्तिहरुमा हत्याको दर करिब १११ रहेको छ।  संसारको विपरीत यहाँ हिंसा तीव्र गतिमा वृद्धि भएको छ। सन् २०१५ को यस सूचीमा मेक्सिकोको पाँच शहरहरु थिए तर यस पटक मेक्सिकोका १२ शहरहरु समावेश भएका छन्।

साथै सन् २०१७ को संसारको शीर्ष १० हिंस्रक शहरहरुमा मेक्सिकोको ५ शहर समावेश थिए।

मेक्सिकोमा यति धेरै हिंसाको कारण के हो ? सिसिएसपिजेपी संगठनको अनुसार मेक्सिकोमा आपराधिक समूहहरु विरुद्ध लड्नको लागि कुनै रोडम्याप छैन, त्यसै कारण यहाँ हिंसाको सबैभन्दा खराब स्तर देखा परेको हो।

भेनेजुयलाको कराकस शहर हिंस्रक देशहरुको सूचीमा पहिलो स्थान पर्दथ्यो, तर यसपटक लस काबोसले उक्त स्थान ग्रहण गरेको छ। यहाँ एक वर्षमा ३,३८७ हत्या भएको छ।

यहाँ एक लाखको जनसंख्यामा हत्याको दर लगभग १११ छ। सिसिएसपिजेपीले आधिकारिक तथ्याङ्क पाउन धेरै समस्याहरुको सामना गर्नु परेको बताएको छ।

सिसिएसपिजेपी अनुसार ४० लाख मानिसहरुले देश छाडिसकेका छन्। यस मध्ये आधाले पछिल्लो तीन वर्षमा देश छोडेर गएको तथ्याङ्कले देखाएको छ।

सारा खराब खबरहरुको बीचमा एक सुसमाचार पनि रहेको छ। केही यस्ता शहरहरु पनि छन् जहाँ हिंसामा तुलनात्मक कमी आएको छ। मध्य अमेरिकाको शहरहरुमा हिंसामा ठूलो कमी आएको छ।

होन्डुरसको सेन पेड्रो सुला हिंस्रक शहरको सूचीबाट चमत्कारिक तरिकाले तल झरेको छ। सन् २०१६ मा तेस्रो स्थानमा रहेको यो शहर सन् २०१७ मा २६ औँ स्थानमा पुगेको छ। एक वर्षमा यहाँ हत्याको डर ५४ प्रतिशतले गिरावट आएको छ।

एक लाखको जनसंख्यामा हत्याको डर पहिले ५१ प्रतिशत भन्दा बढी थियो जुन अहिले लगभग २१ भएको छ।

सिसिएसपिजेपीले भनेको छ हिंसामा स्वत: कमी आएको हैन। होन्डुरस सरकारले आपराधिक समूहहरु विरुद्ध कडा कदम उठाएको र अपराधीहरुको लागि सजाय पनि वृद्दि गरेको कारण हिंसा कम गर्न सफल भएका हुन्।

५० शहरको यस सूचीमा अमेरिकाको सेन्ट लुईस र दक्षिण अफ्रिकाको कपटाउन जस्ता शहरहरु पनि सूचीकृत छन्।



एजेन्सी

प्रकाशित : शनिबार, फागुन २६, २०७४१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

देश भूमि रक्षार्थ ज्यान गुमाएको छोरोको सालिक हेर्ने आमाको सपना अधूरै !