विश्व कप किर्केट छनोट: अफगानिस्तानबिरुद्ध नेपालको राम्रो सुरुवात

Leaderboard Banner

काठमाडौँ ।  जिम्बावेमा जारी वर्ल्ड कप किर्केट छनोट खेल अन्तर्गत अफगानिस्तानबिरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबमा भैरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालले अहिले ब्याटिंग गरिरहेको छ। नेपालका लागि ओप्निङ्ग ब्याट्सम्यानका पछिल्ला खेलहरु रुपमा खेल्दै आएका ज्ञानेन्द्र मल्ल र दिलिपनाथको जोडी आज तोडिएको छ। दिलिपनाथको स्थानमा आज अनिल शाह मैदान ओपनर ब्याट्सम्यानको रुपमा उत्रिएका छन्।

यससंगै आजको खेलको पहिलो ओभरको पाँचौं बलमा चौका प्रहार गर्दै ज्ञानेन्द्र मल्लले नेपाली राम्रो सुरुवात दिने संकेत देखाएका छन्। ताजा स्थातिमा नेपालले २.३ बलको समान गरेको छ भने स्कोर बोर्डमा ९ रन भैसकेको छ।

आज नेपालका लागि सुपर सिक्समा पुग्न कुनै पनि हालतमा अफगानिस्तानलाई जित्नु पर्ने दवाव छ। लगातार पहिलो खेल जिम्बावेसँग ११८ रनको फराकिलो हार  र दास्रो खेल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको  नेपालले आज खेल नजिते एक दिवसीय मान्यता पाउने सम्भावना समेत चकनाचुर हुने देखिन्छ ।

प्रकाशित : शनिबार, फागुन २६, २०७४१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाललाई पहिलो झड्का: आज पनि चल्न सकेन नेपालको ओप्निङ्ग जोडी