“नेपाल कसैको खेल मैदान होइन”-प्रधानमन्त्री ओली

Leaderboard Banner

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले सम्मानित जीवन जिउन पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।” सामाजिक सद्भाव भड्काउने, घृणाको खेती गर्ने र द्वन्द्व मच्चाउने तत्वसँग सजग हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल कसैको खेल मैदान होइन ।”

प्रधानमन्त्री ओलीले यस पटकको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको उल्लेख गर्दै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभयो । उहाँले केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिँड्नुपर्ने दिनको अन्त्य हुने उल्लेख गर्नुभयो ।-रासस

प्रकाशित : शुक्रबार, फागुन २५, २०७४२०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भाग्यमानी महरा सभामुखमा निर्विरोध निर्वाचित !