जब सिपि गजुरेलको ज्ञापन पत्र बुझ्दै प्रम ओलीले भने, ‘नेपाल कसैको प्रयोगशाला र खेल मैदान हैन।’

Leaderboard Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि खालको काम आफुले नगर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले भने, यो जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने छ यो कुरामा सबैलाई विश्वस्त गराउन चाहान्छु ।

ओलीले सरकारले सबै नागरिकलाई शिर ठाडो परेर सम्मानीत जीवन जिउन पाउने अवस्था तयार  सिर्जना गर्ने बताए। ‘भौगोलिक अखण्डता, सार्भभौम र राष्ट्रियताको रक्षामा सरकार अनवरत लाग्ने र यो विषय सरकारका प्राथमिकता समेत परेको छ’, ओलीले भने।  सामाजिक विद्वेष भड्काउने, घृणाको खेती गर्ने, द्वन्द्व मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सधै सरकार सजक रहेर उनीहरुलाई ठेगान लगाउने धारणा ओलीको थियो । ओलीले भने, ‘नेपाल कसैको प्रयोगशाला या खेलमैदान होइन। ‘अब यहाँ सद्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताए । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’

प्रकाशित : शुक्रबार, फागुन २५, २०७४१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन !