चलचित्र ‘भैरे’को पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनिक (भिडीयो)

Leaderboard Banner

काठमाडौं । नेपाली कथानाक चलचित्र ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त भिडियोमा बुद्धि तामाङ, विक्रान्त बस्नेत र नायिका वर्षा सिवाकोटी फिचरिङ रहेको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईको स्वर रहेको छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । भिडीयो लाई हेर्दा रमाइलो भएको आभाष हुनुका साथै गीतका शब्द भन्दा भिडीयोमा मात्र ध्यान जाने प्रकारको रहेको छ । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहेका छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह(निर्माताहरु हुन । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, वालकलाकार अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । उक्त चलचित्र भैरे आगामी जेष्ठ १८ लाई प्रर्दशन मिती तोकिएको छ ।

प्रकाशित : शुक्रबार, फागुन २५, २०७४१६:२४
अर्को समाचार:

गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन