स्वेच्छिक अवकाश राेज्नेकाे सङ्ख्या बढ्याे, झापामा २२९ जनाले दिए अावेदन

Leaderboard Banner

काठमाडाै, २४ फागुन । सरकारले  स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरेसंगै स्वेच्छिक अवकाश लिने  कर्मचारीकाे संङख्या बढ्दै गएकाे छ ।

सरकारले कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष कटाएका सबै कर्मचारीलाई स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरेकाे हाे । सामान्य प्रशासन मन्त्रलायका अनुसार समायोजन ऐनबमोजिम स्वेच्छिक अवकाश लिन योग्य कर्मचारीको संख्या २२ हजार रहेको छ।

गत असोजमा पारित भएको कर्मचारी समायोजन विधेयक अहिले  कार्यान्वयनको चरणमा छ । तर सबै योग्य कर्मचारीले स्वेच्छिक अवकाश रोजे राज्यको ढुकुटीले धान्न गाह्रो हुने अर्थ मन्त्रालयकाे ठम्यार्इ छ । अर्थ मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका अनुसार ती सबैले स्वेच्छिक अवकाश रोजेमा राज्यले तत्काल ६० अर्ब रुपैयाँ खर्चिनुपर्ने हुन्छ । स्वेच्छिक अवकाशमा जाने कर्मचारीले १८ लाखदेखि ४० लाख रुपैयाँसम्मको ‘गोल्डेन ह्यान्डसेक’ पाउनेछन् । तर सरकारले गरेकाे याे निर्णयप्रति भने सरकारकाे ढुकुटी रित्याउने बाटाे भनेर पनि अालाेचना भइरहेकाे छ । यसका साथै स्वेच्छिक अवकाशको व्यवस्थाले तत्काल कर्मचारी अभाव हुने चिन्ता सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ ।

सरकारले स्वेच्छिक अवकाशको प्रावधान पनि लागू  गरीसकेककाे भने छैन । तर पछिल्लाे समयमा अवकाश का लागी भने धमाधम अावेदनहरू दिनेकाे संङख्या पनि ह्वात्तै बढेकाे छ । यस्तै   झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेसंगै  सो आवेदन भर्नेकाे संङख्या बढेकाे हाे  ।

अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् ।

प्रकाशित : बिहिबार, फागुन २४, २०७४१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वन्यजन्तुको चोरी–शिकारी बढदो