विश्वकप छनोट: केहि बेरमै नेपाल र स्कटल्याण्डबीच भिडन्त हुँदै, नेपालसामू यस्तो छ चुनौती

Leaderboard Banner

काठमाडौँ । अहिले जिम्म्बाब्बेमा जारी आईसीसी विश्व कप किर्केटको छनोट खेल अन्तर्गत आज केहीबेरमा नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ।

जिम्म्बाब्बेको बलिवाओको खेल मैदानमा हुने यो खेल आज दिउँसो सवा १ बजेबाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्बेसँग ११८ रन फराकिलो हार ब्यहोरेको नेपाल केहि दवाबमा हुनेछ भने छनोट चरण दुवै खेल जितेको स्कटल्याण्ड उच्चमनोबलका साथ मैदान उतर्ने छ। नेपाल र स्कटल्याण्ड अहिले सम्म आमनेसामने भएका ३  खेलमा नेपालले सबै पराजित भएको छ । यस पटक भने नेपालसामू ति सम्पूर्ण हारको बदला लिने र खेलमा फर्कने अवसर नेपाललाई जुरेको छ। आजको खेलमा पनि नेपालले ठूलो रनरेटले हारेमा नेपाल प्रतियोगितामा रनरेटका आधारमा पुच्छारमा रहँदै डिभिजन २ मा ओर्लिने प्रवल सम्भावना रहेको छ।

डिभिजन १ मा रहिराख्न अबका ३ खेलमा कम्तिमा २ खेल जित्ने पर्ने दवाबमा नेपालमहि छ।  अहिले पनि अंकतालिकाको अन्तिममा रहेको नेपालले आजको खेलपछि आफ्नो समुह (बी ) मा अब अफगानिस्थान र हङकङसँग मात्र खेल्न बाँकि छ। नेपालका लागि अफगानिस्थान निकै कठिन टोली हो भने हङकङ नेपालकै स्तरको टिम हो।

प्रकाशित : बिहिबार, फागुन २४, २०७४१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्री ओलीको प्रतिबद्धता: ‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’