काँग्रेसभित्र “धनबाद” र “डनबाद” हावी भयो, देउवा पदखोर र लोभी ! – धनराज गुरुङ (भिडियो)

Leaderboard Banner

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले काँग्रेसभित्र ‘धनबाद’ ‘डनबाद’ हावी हुँदै गएको बताएका छन्। अघिल्लो संविधान सभामा समानुपातिक कोटाबाट संसाद बनेका केन्द्रिय सदस्य धनराज गुरुङ यस पटक भने जिल्ला कमिटीले प्रत्यक्षबाट सिफारिस गर्दा पनि काँग्रेसको केन्द्रिय कमिटीले उनलाई टिकट दिएन।

क्रान्तिकारी स्वभावका गुरुङ  देशको समसामायिक विषयमा बुलन्द आवाज उठाउने नेताको रुपमा परिचित छन्। भारतले २०७२ सालमा लगाएको नाकाबन्दीको बेला काँग्रेस चुपचाप बस्दा गुरुङ नै हुन् जसले नाकाबन्दीको संसदमै चर्को बिरोध गरेका थिए। भन्ने गरिन्छ, कांग्रेसले यसपटक नाकाबन्दी र भारतको बिरोध गर्ने नेताहरुलाई ठेगान लगाउन टिकट दिएन। गुरुङलाई पनि यसै कुराको सिकार बनाएर कांग्रेसको नेतृत्व पङ्ग्ति अन्याय गरेको आम काँग्रेसजनमै पनि चर्चा भएको थियो प्रतिनिधि सभाको निर्वाचनका बेला ।

धनराज गुरुङ यस्ता काँग्रेसी नेता हुन् जसले काँग्रेसभित्र एक्लै नाकाबन्दी, सविधान संसोधन र लोकमानसिंह काण्ड जस्ता राष्ट्रिय मुद्धाहरु चर्को आवाज उठाउने गरेका थिए।

देउवाको आफ्नै हात जगन्नाथ !

पार्टीभित्र नेतृत्व परिवर्तनको चर्को आवाज उठाउने नेता गुरुङले सभापति देउवाले आफ्नै हात जगन्नाथ गरेर संसदीय दलको नेता चुनिएको समेत बताएका छन्।  उनले पुन: ‘पार्टी सभापति नै काँग्रेस संसदीय दलको नेता बनेको प्रसङ्ग कोट्याउँदै भने, पार्टीले यति ठुलो हार व्यहोर्दा पनि कुनै आत्म आलोचन नगर्ने, आफ्नै हात जगन्नाथ गरेर प्रतक्ष्य र समानुपातिकमा सांसद चयन गरेपछी उहाँले जित्नु स्वभाविक नै हो।’  उनले थपे, दलको नेता हुनुभएकोमा म उहाँलाई तपाईहरुको मिडिया बिगुल न्यूजमार्फत पनि बधाई दिन चाहान्छु ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री बनिसक्दा पनि पुन संसदीय दलको नेता बन्न खोज्नु पदखोरी, लोभी, र राजनैतिक संस्कार नभएको व्यक्तिको परिचय दिनु भएको समेत बताएका छन्। उनले खिसिक्क हाँस्दै भने,  ‘ “फेरी कुनै ज्योतिषले यहि ५ वर्ष भित्र प्रधानमन्त्री बन्ने योग छ भनेका होलान्” त्यसैले आदरणीय सभापति ज्यू नै संसदीय दलको नेता बन्नुभएको छ।’

काँग्रेस सभापति देउवा केहि अघि काँग्रेस संसदीय दलको नेता छान्न भएको निर्वाचनबाट विजयी हुँदै पुन काँग्रेसको संसदीय दलको नेता बनेका छन्। उनी  काँग्रेसका कूल ६३ सांसद मध्यबाट ४४ जनाको मत पाउँदै विजयी भएका हुन्।  उनका प्रतिस्पर्धी प्रकाशमान श्रेष्ठले जम्मा १९ मत पाएका थिए।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

नेता धनराज गुरुङसँग सरोज दाहालले गरेको अन्तरवार्ताको भिडियो:

प्रकाशित : बुधबार, फागुन २३, २०७४१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. बाबुराम भट्टराईले बाली पुगेर दिए माओबादी केन्द्र र केपी ओलीबारे यस्तो बोल्ड अभिव्यक्ति