राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता आज , एमालेबाट भण्डारी र कांग्रेसबाट रार्इले उम्मेदवारी दिने

Leaderboard Banner

काठमाडाै । अागामी फागुन २९ गते हुन लागेकाे राष्ट्रपति निर्वाचनका लागी अाज उम्मेदवारी दर्ता हुदैछ । राष्ट्रपतिका लागी एमाले र कांग्रेसले उम्मेदवारी दर्ता गर्ने भएका छन ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरूले उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

दुवै सदनमा बहुमतकाे सरकार भएकाे वामगठबन्धन र कांग्रेसले राष्ट्रपतिका लागी उम्मेदवारकाे टुङगाे लगाएकाे छ । मंगलबार बसेकाे एमाले स्थायी समिति बैठकले राष्ट्रपतिका लागी विद्यादेवी भण्डारीलार्इ उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा थियो । माअाेवादी संगकाे भागबण्डाका अाधारमा राष्ट्रपति एमालेकाे भागमा परेकाेले एमाले भित्रै राष्ट्रपतिका लागी धेरै अाकाक्षी भएपछि चयनका लागी सकस परेकाे थियाे । दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राख्दै अाएका  थिए।  यस्तै  वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको थियो।

२०७२ मा राष्ट्रपति बनेकी एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी फेरि राष्ट्रपतिमा दाेहाेरिन लागेकी हुन ।

यस्तै नेपाली कांग्रेसले पनि राष्ट्रपतिका लागी कुमारी लक्ष्मी राईलाई  उम्मेदवार बनाउने भएको छ ।  बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हाे । लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसद  निर्वाचित सांसद भएका थिए। उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बने। पञ्चायत कालमा देवानसिंहको हत्या भएको थियो।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् ।

प्रकाशित : बुधबार, फागुन २३, २०७४११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेसले राईलाई बनायो राष्ट्रपतिको उम्मेदवार