भाेलीलार्इ सर्याे कान्तिपुरकाे बयान, अाज सर्वोच्चका सबै इजलास स्थगित

Leaderboard Banner

काठमाडाै । अाज सर्वाेच्च अदालतका सबै इजलासहरू स्थगित भएसंगै कान्तिपुरकाे बयान पनि  भोली मात्रै हुने भएकाे छ ।  सर्वोच्च अदालतका एक पूर्व न्यायाधीश रामनगिना सिंहको निधन भएपछि सोमबारका लागी सबै इजलासहरू स्थगित गरीएकाे हाे ।

अदालतको अवहेलना मुद्दामा बयान दिइरहेकाे कान्तिपुर पब्लिकेसन अाज बयानका लागी अदालत पुगे पनि अाज सुनुवार्इ हुन नसकेकाे हाे ।न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा आइतबार कान्तिपुरसंग केही बयान लिएपनि   समय अभावका कारण सोमबारलाई सारिएको थियो ।

डा. गोविन्द केसीले २४ पुसमा प्रधानन्याधिसकाे राजीनामाको माग राखेपछि कान्तिपुरले गलत समाचार प्रशारण गरेकाे भन्दै अदालतकाे अपहेलना मुद्दा दायर भएकाे थियाे । उक्त  रिटमा प्रधानन्याधिसकाे जन्ममिति फरक फरक भेटिएकाे भन्ने विनाप्रमाण समाचार प्रशारण गरेकाे उल्लेख छ । तर कान्तिपुरले भने सबै समाचारहरू सप्रमाण भएकाे दावि गर्दै अाएकाे छ ।

प्रधानन्यायधिस पराजुलीले अाफनाे अयोग्यतासम्बन्धी प्रश्नहरू उठेपछि अवहेलना मुद्दामा म्याद पाएको ७२ घण्टाभित्र अदालतमा स्वयं उपस्थित हुन कान्तिपुरलाई  आदेश दिएका  थिए। अादेश अनुसार कान्तिपुर  शुक्रबारदेखि बयानका लागि अदालतमा उपस्थित भइरहेकाे छ ।

प्रकाशित : सोमबार, फागुन २१, २०७४१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित