मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदैँ

Leaderboard Banner

काठमाडाै । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलाेचन भट्टले अाज विश्वासकाे मत लिने भएका छन ।

नेपालकाे संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री पदमा नियुक्त भएकाे एक महिना भित्रमा प्रदेशसभाबाट विश्वासकाे मत लिइसक्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । एमाले र माओवादी केन्द्रको बहुमत भएकाे प्रदेश नै  ७ मा जम्मा ५३ सदस्य रहेका छन । जसमध्ये  एमाले र माओवादीका ३९ सदस्य रहेका छन् ।

माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टले तोकिएको समयसीमा अगावै विश्वासको मत लिन लागेका हुन ।

प्रदेशसभा सचिवालयका अनुसार, बैठक अहिले दिउँसो २ बजे बस्नेछ ।

प्रकाशित : सोमबार, फागुन २१, २०७४११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भाेलीलार्इ सर्याे कान्तिपुरकाे बयान, अाज सर्वोच्चका सबै इजलास स्थगित