अन्तत: राजेन्द्र खड्गीमाथि सुरु भयो जेल चलान!

Leaderboard Banner

काठमाडौँ,  कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । उनलाई केहि साताअघि प्रहरीले मानव तस्करीको अभियोगमा पक्राउ गरेको थियो। अहिले खड्गीलाई  केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई गत माघ २५ गते  ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै उनले प्रहरी हिरासतमा रहदा आफुले ११ जना व्यक्तिलाई कोरिया लगेको स्वीकार गरेका थिए।

 विभिन्न कार्यक्रमका नाममा १उनले १ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले केहि साता अघि उनीमाथि अनुसन्धान गरेको थियो।

प्रकाशित : आइतबार, फागुन २०, २०७४१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु