पत्रकारलार्इ अाज सर्वाेच्चमा प्रवेश निषेध

Leaderboard Banner

काठमाडाै । सर्वाेच्च अदालतमा भइरहेका सबै सुनुवार्इमा अाज पत्रकारलार्इ प्रवेशमा राेक लगाइएकाे छ ।

यसअघि पत्रकारकाे विशेष पास देखाएर इजलासमा जान पाउने अधिकार भएपनि अाज  भने सर्वाेच्चले प्रवेशमा राेक लगाएकाे छ । अदालत परिसरमा शुरक्षाकर्मीले  माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका हुन । तर  अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण खुलाएको छैन।

अाज सर्वाेच्चमा कान्तिपुर दैनिकविरुद्धको अवहेलना र राष्ट्रिय सभा सदस्यको मनोनयनकाे  मुद्दामा  सुनुवाइ हुँदैछ।

 

प्रकाशित : आइतबार, फागुन २०, २०७४१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ज्येष्ठ सदस्य ठाकुरले गराउने भए सांसदलाई शपथ