दुनियाँको केही अनौठो कानुनहरु,जो कोहि पनि कानुनको फन्दामा पर्न सक्ने(सावधान!!)

Leaderboard Banner

काठमाडौँ: – आज हामी संसारको अनौठो कानुनको बारेमा चर्चा गर्नेछौँ। यो यस्तो कानुन हो, जुन थाहा पाएर तपाई सोच्न बाध्य हुनुहुनेछ कि सरकारले त्यस्तो कानुन लागु गर्नुको कारण के होला।

यस समय, यो भन्न गाह्रो छ, तर हामी तपाईलाई यस्ता अनौठो कानुनको बारेमा जानकारी अवश्य दिनेछौँ। तपाई ती कानुनहरुको बारेमा जानेर चकित हुनुहुनेछ।

» यदि तपाई स्विट्जरल्याण्डमा हुनुहुन्छ र त्यहाँ रातको १० बजिसकेको छ भने भुलेर पनि आफ्नो ट्वाइलेटको फ्लश बटन नथिच्नुहोला। सोचमा पर्नुभयो होला कि यो कस्तो वाहियात कुरा हो…वास्तवमा यो गैरकानुनी हो। यदि तपाईले गर्नुभयो भने तपाईलाई सजाय दिइनेछ।

» यदि तपाई सिंगापुर जाँदै हुनुहुन्छ भने आफ्नो साथमा भुलेर पनि चुईगम नलैजानुहोला। यदि तपाईले त्यसो गर्नुभएमा भारी शुल्क तिर्नुपर्छ। एक रिपोर्ट अनुसार त्यहाँ चुइगम चपाएमा १ हजार डलर जरिवाना रकम तिर्नुपर्छ।

» के तपाई विश्वास गर्नुहुन्छ कि समोआमा पत्नीको जन्मदिन भुलेमा सजायको प्रावधान छ। यसलाई मजाक सम्झने भूल नगर्नुहोला।

» फ्लोरिडामा जनावरको नक्कल गर्ने काम गैरकानुनी मानिन्छ।

» अमेरिकाको मिनिसोटामा पुरुष र महिलाको अन्डरगार्मेन्ट एक साथ सुकाउन पाईदैन।

»मोन्टानामा फोनबुक आधा च्यात्नु गैरकानुनी हो ।

»न्युयोर्कमा छतबाट हाम फाल्नु गैरकानुनी हो, यस्तो गरेमा मृत्युदण्डको सजाय पनि हुन् सक्छ।

» नेवाडाको यूरेकामा जुँगा भएको केटाले केटीलाई चुम्बन गर्नु गैरकानुनी हो ।

»सन फ्रान्सिस्कोमा कार वाशिङ्गको समयमा कारलाई अन्डरवेयरले सफा गर्नु गैरकानूनी मानिन्छ।

» डेनमार्कमा तपाई बच्चाको नाम आफ्नो इच्छा अनुसार राख्न पाईदैन।

» वाशिङ्गटनमा तपाई कुनै कुमारीसँग शारीरिक सम्बन्ध राख्न  सक्नुहुन्न।

» तपाई इंगल्यान्डको संसद भवनको सदनभित्र मर्न पाउनुहुन्न।

» फ्लोरिडामा तपाई कुनै पनि  सार्वजनिक स्थानमा दुर्गन्ध फैलाउन पाउनुहुन्न।

» इन्डियानामा बार्बी डललाई कुनै पनि पुरुषको कपडा लगाउन पाउनुहुन्न।

» पोर्चुगलमा समुन्द्रमा पिसाब गर्नु अवैध मानिन्छ।

» केन्टुकीमा खल्तीमा आइसक्रिमको कोन बोक्नु गैरकानुनी हो।

»वाशिङ्गटनमा अभिभावकहरुले आफूलाई धनी भन्नु भारी पर्न सक्छ।

»उत्तरी क्यारोलिनामा मृत मानिस अगाडी कसम खानु गैरकानुनी मानिन्छ।

» ओकलाहोमामा यदि तपाईले कुनै कुकुरलाई चिढाउने काम गर्नु भएमा  तपाईलाई हिरासतमा लिइनेछ।

» उटाहमा सडक किनारामा पेपर ब्यागमा भायलिन बोक्नु गैरकानुनी हो।

» टेक्सासको देवोनमा अर्धनग्न भएर फर्निचर बनाउनु कानुन विपरित हो।

» दक्षिण क्यारोलिनामा आइतबारको दिन अदालत भवन बाहिर महिलालाई कुटपिट गर्नु अवैध मानिन्छ।

»मैसाच्यूट्समा राति ननुहाईकन सुत्न जानुलाई अवैधानिक मानिन्छ। यद्यपि, आइतबार नुहाउनु गैरकानुनी हो।

» अलाबामामा जेलको प्रहरीसँग आफ्नो पत्नीलाई बातचित गराउनु गैरकानुनी मानिन्छ।

» एरिजको सिडोनामा हस्तरेखा हेरेर झुट बोल्नु गैरकानुनी मानिन्छ।

» टेक्सासमा खाली बन्दूक देखाएर कसैलाई धम्की दिने कामलाई गैरकानुनी मानिन्छ।

»दक्षिण डकोटामा पनिर कारखानामा सुत्नु गैरकानुनी कृत्य हो।

»मिसौरीमा यदि महिलाले नाइट गाउन लगाएका छन् भने दमकल कर्मीहरुले महिलालाई बचाउन सक्दैनन्, किनकी त्यहाँ त्यसो गर्नु गैरकानुनी काम मानिन्छ।

» फ्रान्समा सुँगुरको नाम नेपोलियन राख्नु गैरकानुनी मानिन्छ।

» इन्डोनेशियामा हस्तमैथुन गरिरहेको अवस्थामा भेटेमा टाउको काटिदिने कानुनी प्रावधान छ।

» सन सल्वाडोरमा नशामा गाडी चलाएमा आगोले जलाई मार्ने प्रावधान छ।

» फ्लोरिडामा दुम्सीसँग यौन क्रिया गर्नु गैरकानुनी मानिन्छ।

» जर्मनीको राजमार्गमा गाडी रोक्नु गैरकानुनी मानिन्छ।

» कोलराडोको शहरी क्षेत्रमा कुनै पंक्षीको शिकार गर्नु गैरकानुनी मानिन्छ।

» लेबनानमा यदि कुनै पुरुषलाई कुनै जनावरसँग यौन क्रिया गरेको अवस्थामा भेटियो भने उसलाई मृत्युदण्डको सजाय दिन सक्छ। तर यदि भाले जनावरको सट्टा पोथी जनावर हो भने कुनै पनि प्रकारको सजायको प्रावधान छैन।

» टेक्सासमा आफ्नै आँखा बेच्नुलाई गैरकानुनी मानिन्छ।

प्रकाशित : शनिबार, फागुन १९, २०७४१४:३५
अर्को समाचार:

मृत शरीरको नाक र कानमा किन कपास राखिन्छ ?