होलीमा जब अभिषेकले करणलाई रंग भरिएको पानीको पूलमा फालिदिए…

Leaderboard Banner

भारत, लगायत अन्य विदेशमा रहेकाहरुले धुमधामसँग होली पर्व मनाएका छन्। तर मुम्बईका एक फिल्म निर्देशकले होली महोत्सव मनाएका छैनन। उनी हुन् करण जौहर। वास्तवमा यसको पछाडी उनको बाल्यकालमा घटेको घटनाको अनुभव छ। उनले उक्त घटनालाई शेयर गरे र बताए कि यहीँ कारण होली मनाउदिन।

करण जौहरले हालैमा एक रियालिटी शो ‘इन्डियाज नेक्स्ट सुपरस्टार’ मा बताए कि उनलाई होली खेल्न मन पर्दैन । उनले बताए कि जब म १० वर्षको थिए र अमित जी (अमिताभ बच्चन) को घरमा होली खेल्न जाने गएको थिए  । तब त्यहाँ मैले भने कि म होलीसँग डराउछु, तब अभिषेक कोठाबाट बाहिर आए र मलाई उठाएर रंग भरिएको पानीको पूलमा फालिदिए । होलीको लागी मेरा प्रेम तब नै खतम भएको थियो र त्यस पछि आजसम्म मैले होली खेलिन ।

करण जौहर जसलाई मानिसहरु केजोको नामबाट पनि चिन्छन्, उनी भारतीय फिल्‍म डायरेक्‍टर, निर्माता, स्क्रिनराइटर,कस्टुम डिजाइनर, अभिनेता र टेलिभिजन पर्सनालिटी हुन्, जो हिन्‍दी चलचित्रमा आफ्नो कामको कारणले परिचित रहेका छन् । निर्देशक करण जौहरले चलचित्र ‘कुछ कुछ होता है’ बाट धमाकेदार शुरुवात गरेका हुन् । पहिलो चलचित्रको सफलताले नै उनलाई प्रसिद्द निर्देशकहरुको सुचीमा  समावेश गरिएको थियो।

प्रकाशित : बिहिबार, फागुन १७, २०७४१९:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ज्याकी श्रफले अनिल कपूरलाई लगातार १७ थप्पड हानेपछि…