प्रधानमन्त्री केपी ओली पुगे सैनिक तालिम केन्द्र

Leaderboard Banner

ललितपुर –   प्रधानमन्त्री के .पी ओली, रक्षामन्त्री इश्वर पोखरेल र चार ओटै  सुरक्षा निकायका प्रमुखहरु राष्ट्रीय सेवा दलको  दिक्षान्त समारोहमा भाग लिन ललितपुर लगनखेलमा रहेको श्री सैनिक शाररिक तालिम तथा खेलकुद केन्द्र पुगेका छन् |

स्कुल कलेजका युवाहरुलाई क्षमता अभिबृदि , प्राकृतिक बिपत ब्यस्थापन बेला योग्य तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्नु , राष्ट्र प्रति इमान्दार बनाउनु  उद्देश्य साथ बि.स .२०२२ सालमा स्थापन भएको थियो |

अहीले सम्म २६८३८ जनालाई नेपाली सेनाले ७९ दिन को संस्थागत तालिम र २१ दिन सेनाको क्याम्प राखेर तालिम दिदै आएको छ |  राष्ट्रय सेवा दलको प्रमूख संरक्षक प्रधानमन्त्री र सह संरक्षक रक्षामन्त्री र प्रधानसेनापति हुने व्यवस्था छ | यस्ता खालका तालिमले युवालाई सिमित श्रोत र साधनमा पनि कसरी जीवन अगाडी बढाउन सकिन्छ भन्ने चेतना दिने कार्यक्रममा आएका अभिवाकले बताए |

प्रकाशित : बुधबार, फागुन १६, २०७४१२:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति