डाक्टरहरुले गरे अहिलेसम्म कै चमत्कारिक कार्य: ७ महिने बच्चीबाट निकाले मानव भ्रूण

Leaderboard Banner

काठमाडौँ: – भारतको पश्चिमी राज्य गुजरातको अहमदाबादमा डाक्टरहरुले एक ठुलो चमत्कारिक कार्य गर्न सफल भएका छन् । त्यहाँको सिविल अस्पतालका डाक्टरहरु सात महिनाको बच्चीको पेटबाट गाँठो निकालेर नयाँ जीवन दिन सक्षम भएका छन्। रोचक कुरा यो हो कि बच्चीको पेटबाट निकालिएको गाँठो मानव भ्रूण जस्तै छ।

बच्चीको परिवार छोटा उदेपुरको निवासी हुन्। सिविल अस्पतालको बालचिकित्सा विभागले गत सोमबार बच्चीको अपरेसन गरेको थियो। गाँठोको कारण बच्चीलाई पेटमा धेरै नै पीडा भएको थियो , पछि आमाबाबुले अलग-अलग अस्पतालहरुमा चक्कर लगाएपनि कतैबाट पनि राहत पाएनन।

त्यस पछि उनीहरुले केही दिन पहिले अहमदाबाद स्थित सिविल अस्पतालमा ल्याएका थिए, जहाँ सोमबार ७ महिनाकी प्रिन्सा राठवाको सफल अपरेसन कार्य भई गाँठो निकालिएको थियो। उक्त गाँठो करिब १३० ग्राम भएको बताईएको छ, जुन निकालिसकेपछि अहिले प्रिन्सा स्वस्थ अवस्थामा छिन्।

वास्तवमा यो सात महिनाको बच्चीमा विकास भईरहेको मानव भ्रूण थियो। डाक्टरहरुले भनेका छन् कि यस्तो भ्रूण पाँच लाख बच्चाहरु मध्ये कुनै एकमा पाईन्छ। तथापि, यो भ्रूण आकारमा ठूलो थिएन, तर बच्चीको लागि घातक साबित हुन सक्थ्यो। एजेन्सी

प्रकाशित : बुधबार, फागुन १६, २०७४१०:५६
अर्को समाचार:

पुरुषको यी ५ अंग देखेर दिवाना हुन्छन स्त्रीहरु, जान्नुहोस कुन-कुन हुन् त यी खास अंगहरु