आजको खेलको हिरो बने शरद भेषवाकर र ललितसिंह भण्डारी !

Leaderboard Banner

काठमाडौँ । आज भएको नेपाल र युएईबीचको बिश्व कप छनोट अन्तर्गतको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ। युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ४ बल बाँकि रहँदै भेट्टाउन सफल भयो।

आजको खेलमा नेपालका लागि नायक बने बलर ललितसिंह भण्डारीले जसले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी करण केसी र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट चट्काए ।

शरद भेष्वाकर म्यान अफ द म्याच घोषित

ब्याटिंग तर्फ सरद भेषवाकरले निकै सम्हालिएर ब्याटिंग गर्दै नेपाललाई जित दिलाउन अन्तिम सम्म क्रिजमा डटीरहे। उनले ५४ बल खेल्दै नटआउट ४१ रन बनाए। त्यसैगरी अर्का ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले पनि ३२ बल मै ४१ रन बनाएर आउट भएका थिए।  उनको बिस्फोटक ब्याटिंगको पनि नेपालको जितमा ठूलो योगदान रह्यो।

यही फागुन २० गतेदेखि जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्।

नेपालले फागुन २० गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४२१:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संघीय संसदको पहिलो बैठकबारे छलफल गर्न अाज सर्वदलिय बैठक