अख्तियारले प्रहरी जवान माथि गर्यो मुद्दा दायर…

Leaderboard Banner

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैलाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार मदिरा बिक्री वितरण सहज बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा रु १० हजार घुससहित आयोग टोलीले केही दिनअघि प्रसैलालाई पक्राउ गरेको थियो ।

प्रहरी जवान मनोज प्रसैलाले सोही कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहसंगको मिलेमतोमा घुस लिएको आयोगको आरोप छ ।

आयोगले बिगो असुल उपर गरी कैद सजायको माग गरेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिरियाका निर्दोष नागरिक बचाउन नेपालमा भयो यस्तो पहल, धर्ना तथा विरोध प्रदर्शन