युएईको पाँचौं विकेट पतन ! यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ । अहिले जिम्बाबेमा जारी आइसीसी विश्व कप छनोट खेल अन्तर्गत अहिले भैरहेको नेपाल र युएईबिचको अभ्यास खेलमा युएईको पाँचौं विकेट पतन भएको छ।

नेपालका लागि पाँचौं विकेट ललितसिंह भण्डारीले लिएका हुन्। अहिले ताजा स्थितिमा युएईले २४ ओभरको खेलमा ५ विकेट गुमाएर १३७ रन बनाएको छ। नेपालका लागि ललितसिंह भण्डारी र ललित नारायण राजबंसीले समान २/२ विकेट लिएका छन्।  त्यसैगरी पारस खड्काले पनि १ विकेट लिएका छन्। नेपालका स्टार स्पिनर सन्दिप लामिछाने भने आजको खेलमा अहिले सम्म चम्किन सकेका छैनन्

वर्षका कारण केहीबेर अवरुद्ध भएको खेललाई २९ ओभरमा झारिएको छ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालद्वारा युएई ५ विकेटले परजित