प्रदेश नं ३ः बुधबार मन्त्रिपरिषद् विस्तार गरीने

Leaderboard Banner

काठमाडाै । प्रदेश नं ३ मा मुख्यमन्त्री डाेरमणी पाैडेलले बुधबार मन्त्रि परिषद् विस्तार गर्ने भएका छन । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको हाे ।

मुख्यमन्त्री सहित ११ सदस्यीय मन्त्रीपरिषद रहनेभनिएकाे  प्रदेशमा अब  एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ  ।  प्रदेश सरकारमा २२ जनासम्म मन्त्री बनाउन पाइनेमा वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरेका थिए । स्रोतका अनुसार एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको छ ।  त्यस्तै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् । यसअघि दावादार्जे लामाको नाम पनि ओलीले नै दिएका थिए । यस्तै एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् ।

मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संघीय संसद्को प्रथम अधिवेशनको तयारी