मुख्यमन्त्री शाही अाज विश्वासको मत लिदैं

Leaderboard Banner

काठमाडाै । प्रदेश नं ५ मा मुख्यमन्त्री महेन्द्रबहाद्रर शाहीले अाज विश्वासकाे मत लिने भएका छन । कर्णाली प्रदेशकाे  प्रदेशसभाको आज दिउँसो बस्ने बैठकमा उनले विश्वासको मत  लिन लागेका हुन ।

 सभामुखबाहेक ३९ जना सांसद रहेकाे कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहेकाले संसदमा दुई तिहाइभन्दा बढी बहुमत छ ।   सरकार गठनका लागि २१ सांसदको समर्थन भएमात्र बहुमत पुग्छ। प्रदेशसभामा सभामुखबाहेक एमालेका १९ जना र माओवादी केन्द्रका १३ जना सदस्य छन्। संविधानमा उल्लेख भएअनुसार मन्त्रि पदकाे शपथ ग्रहणकाे ठिक ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार शाहीले अाज विश्वासकाे मत लिन लागेका हुन ।  शाही यही फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

बैठकमा सर्वप्रथम मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव राख्नेछन्। उनले प्रस्ताव राखेपछि त्यसमा छलफल हुनेछ।त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री शाहीले जवाफ दिनेछन् । उनले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ।मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् २१ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुनेछन् ।

 बैठक अाज  दिउँसो १ बजेका लागी बाेलाइएकाे छ ।

प्रकाशित : मङ्गलबार, फागुन १५, २०७४१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सवारी दुर्घटनाबाट काठमाडौँ उपत्यकामा मात्रै छ महिनामा १०५ को मृत्यु