आरोप अस्वीकार गर्दै अदालतमा  हाजिर भएका चौधरीको बयान पछि बहस सुरु

Leaderboard Banner

धनगढी – जिल्ला अदालत, कैलालीमा उपस्थित भएका टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकिएको छ । अहिले बहस सुरु भएको छ । लामो समयदेखि फरार रहेको चौधरी सोमबार आफैं अदालतमा उपस्थित भएका थिए । न्यायाधीश परशुराम भट्टराईको इजलासमा चौधरीले बयान दिएका छन् ।

अहिले बादी प्रतिवादीका वकिलको बहस सुरु भएको छ । चौधरीको तर्फबाट मिलनकुमार राई, गंगा उपाध्यायसहित तीन वकिलले बहस गर्नेछन् । कैलाली १ मा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा लगाइएको छ । गत  २०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो  । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार रहेका थिए  । चौधरीले भने आरोप अस्वीकार गर्दै अदालतमा  हाजिर भएका छन् ।

 

प्रकाशित : सोमबार, फागुन १४, २०७४१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अवैधरुपमा विदेश गएका नेपाली महिलाहरुलाई सचेतको गराउनु पर्ने के थियो त खास कारण (पुरा जान्नुहोस)