संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा,प्र म र प्रचण्ड

Leaderboard Banner

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा जुटेका छन् । प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बालुवाटारमा त्रिपक्षीय वार्ता भएको छ । वार्तामा सरकारमा सहभागिताका विषयमा छलफल भएपनि कुनै सहमति भने जुट्न सकेन ।

छलफलमा प्रधानमन्त्री ओलीले सोमबार  हुने मन्त्रिपरिषद विस्तारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागी हुन अध्यक्ष यादवलाई आग्रह गरेका थिए । वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले फोरम अध्यक्ष यादवलाई आपसी सहमति कायम गरी संविधान संशोधन गर्नसकिने आश्वासनसमेत दिएका थिए । तर, अध्यक्ष यादवले भने संविधान संशोधनलगायत राजनीतिक विषयमा सहमति नजुट्दासम्म आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएको स्रोतले जनाएको छ ।

प्रकाशित : सोमबार, फागुन १४, २०७४१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

घरको भान्छामा पसेको अजिंगरलाई यसरि गरियो उद्धार