शनिश्चरे बजार जान्छु भनेर घरबाट हिँडेकी राईको खोलामा डुबेर मृत्यु

Leaderboard Banner

उर्लाबारी, मोरङ । कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेकी छन् ।

शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँडेकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : आइतबार, फागुन १३, २०७४१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सबै प्रदेशमा नमूना बहुप्राविधिक शिक्षालय