होली २०१८ विशेष: होलिका दहनमा आफ्नो राशिअनुसार यसरी गर्नुहोस् दाउराको प्रयोग!

Leaderboard Banner

एजेन्सी, पुराण र शास्त्रमा चार सिद्ध रात्रि देखी होलिका दहनको रातलाई पनि सिद्ध रात्रि मानिएको छ । नकारात्मक शक्तिको प्रभावबाट बच्नको लागी होलिका दहनलाई सबैभन्दा राम्रो मानिएको छ । यस दिन गरिएको कामबाट शुभ फल प्राप्त हुने गर्दछ । आफ्नो राशि अनुसार होलिका दहनमा दाउरा अर्पित गर्नु आवश्यक रहेको छ । अनि होलिकाको सात फेरो लगाउनु पर्दछ । शास्त्रमा राशि अनुसार यी तरिकाबाट  दाउराको प्रयोग गरि शुभ मानिएको छ ।

१. मेष र वृश्चिक राशि भएका व्यक्तिहरुले होलिका दहनको समय गायत्रिको दाउरा प्रयोग गर्नु पर्दछ ।

२. वृष र तुला राशि भएका व्यक्तिहरुले होलिका दहनको दिन उदुम्बरको दाउरा प्रयोग गर्न सकिन्छ ।

३. मिथुन र कन्या राशि भएका व्यक्तिहरुले अपामार्गलाई दाउरा झैँ प्रयोग गर्न सकिन्छ ।

४. धनु र मीन राशि भएका व्यक्तिहरुले पीपलको दाउरा होलिका दहनमा राख्नाले शुभ परिणाम प्राप्ति हुनेछ ।

५. मकर र कुम्भ राशि भएका व्यक्तिहरुले यस होलिका दहनमा शमीको दाउराको प्रयोग गर्न सक्नुहुन्छ ।

६. कर्कट राशि भएका व्यक्तिहरुले पलाशको भने सिंह राशि भएकाले मदारको दाउरालाई होलिका दहनमा प्रयोग गर्नुहोस् ।

प्रकाशित : आइतबार, फागुन १३, २०७४१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आमलकी एकादशी विशेष: आजकै दिन भएको थियो अमलाको उत्पति!