बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालको नाम परिवर्तन हुँदै

Leaderboard Banner

बुटवल । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पार्टीको नाम परिर्वतन गर्ने भएको छ । सनिवार लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गरी नाम समेत परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि आज बुटवलमा एउटा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले यस्तो पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको बताएको छ । संयोजक डा. बावुराम भटटराईले अबको कार्यदिशा आर्थिक समृद्धिको भएको भन्दै आगामी महाधिबेशनले देशको समृद्धिको विषयमा महत्वपुर्ण एजेण्डा उठाउने समेत बताएका छन् ।

त्यसैगरी उक्त बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईलाई पुनः संयोजक चयन गरेको छ । त्यसैगरी बैठकले प्रदेश नं. १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवासमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ ।

त्यसबाहेक कार्यकारी समितिलाई ९९ सदस्यीयमा झारिएको छ।  ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको पनि पत्रकार सम्मेलनमा जनाईएको छ  ।

प्रकाशित : शनिबार, फागुन १२, २०७४१८:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो