तीनपांग्रेमा जिप र ट्र्याक्टर ठोक्किँदा चेम्जोङको मृत्यु, आठ घाइते

Leaderboard Banner
सांकेतिक तस्विर

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए ।

प्रकाशित : शनिबार, फागुन १२, २०७४११:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु