लट्री परेको प्रलोभन देखाइ ठगी गर्ने गिरोह पक्राउ

Leaderboard Banner

पर्सा, ११ फागुन । भाइबर, फेसबुक जस्ता सामाजिक संजाल मार्फत २५ लाखको लट्री जित्नु भएको छ  भन्दै ठगी गर्ने  एक गिराेह पक्राउ परेकाे छ ।

 विभिन्न बहाना बनार्इ बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजात पठाउन लगाई लट्री बापतको कर नेपाल सरकारलाई तिर्नु पर्ने रकम जम्मा गरेपछि रकम खातामा जम्मा हुने  भन्दै सर्बसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई फागुन ७ गते प्रहरीले पक्राउ गरेको हाे। पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय भिमबहादुर थापा, दैलेख गुरास गाउँपालिका–४ बस्ने २२ वर्षीय विष्णु सिजाली मगर र भारत विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला कुमरिया बस्ने २० वर्षीय असरफ अली रहेका छन् ।

पर्सा वीरगंज महानगरपालिका–१५ स्थित न्यू बीरगंज मनि ट्रान्सफरमा रकम निकाली शंकित रुपमा कुराकानी गरी बसीरहेको अबस्थामा उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ । पर्सा प्रहरीका अनुसार उनीहरूबाट  ठगी गर्ने कार्यमा प्रयोग गरिएको सिम सहितको मोबाइलहरु, स्रोत खुलाउन नसकेको नगद, विभिन्न मनि ट्रान्सफर तथा बैंकको भौचरहरु, नागरिकता तथा नागरिकताको फोटोकपी समेतका कागजातसहित समेत बरामद गरेकाे छ ।

घटनाका  सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : शुक्रबार, फागुन ११, २०७४१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ट्र्याक्टरबाट लडेर चालकको मृत्यु