३० मन्त्रालय अब १७मा, कुन मन्त्रालय कुनमा गाभिए ?

Leaderboard Banner
The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

मन्जु टेलर

काठमाडाै । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले केन्द्रमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ । सरकार संघियतामा गएसंगै सरकारले अब पहिलाका ३० मन्त्रालयलार्इ गाभेर १७ अाेटा मन्त्रालयमा सिमित गरेकाे हाे ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रस्तावका अाधारमा सरकारले  प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हुने निर्णय गरेकाे हाे । १७ वटा मन्त्रालय र तिनका कार्य, जिम्मेवारीसमेत निर्धारण गरी प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्मा अन्तिम प्रस्ताव पेस गर्ने तयारी गरेको छ । अाेली सरकारले मन्त्रालयकाे संङख्या घटाएर १७ मा झारेसंगै केही मन्त्रालय हरू खारेज भएका छन भने केही मन्त्रालय अार्केमा गाभीएका छन । मन्त्रालय एक अर्कामा गाभिएसंगै अब करीब एक दर्जन सचिवकाे पद पनि अन्याेलमा परेकाे छ ।

संविधानमा २७ सदस्यिय मन्त्रिमण्डल मात्र बनाउन पाउने नियमअनुसार सरकारले १७ अाेटा मन्त्रालय मात्र कायम गरेकाे हाे । यसअघि छुट्टाछुट्टै रहेका मन्त्रालयहरू अहिले कामको प्रकृतिका आधारमा गाभिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बन्ने भएको छ । यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ । सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बन्ने भएको छ । यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बन्ने भएको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ ।

शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाउन लागिएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बन्ने भएको छ। यस्तै सरकारले केही मन्त्रालयहरूलार्इ गाभेपनि केही मन्त्रालयहरू खारेजमा परेका छन । जस्तै  भूमिसुधार तथा व्यवस्था मन्त्रालय ,त्यस्तै स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय , पशुपन्छी विकास मन्त्रालय  र गरिवी निवारण, संस्कृति, विज्ञान प्रबिधि जस्ता मन्त्रालयहरू अघाेषित रूपमा खारेजमा परेका हुन । अब यी मन्त्रालयहरूकाे  छुट्टै अस्तित्व भने रहनेछैन ।

यसैगरी सरकारले  गृह, रक्षा र परराष्ट्र मन्त्रालय यथावत रपमा राखेकाे छ । त्यस्तै भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पनि यथावत राखिएको हाे  ।

शुक्रबार मन्त्रिपरीषद्ले टुङगाे लगाएका मन्त्रालयहरू

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२. गृह मन्त्रालय
३. परराष्ट्र मन्त्रालय
४. अर्थ तथा योजना मन्त्रालय
५. रक्षा मन्त्रालय
६. सूचना तथा सञ्चार मन्त्रालय
७. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
८. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
९. भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्ययन मन्त्रालय
१०. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११. पर्यटन तथा संस्कृति मन्त्रालय
१२. कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय
१३. महिला, समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय
१४. स्वास्थ्य मन्त्रालय
१५. जलस्रोत तथा उर्जा मन्त्रालय
१६. शिक्षा तथा खेलकुद मन्त्रालय
१७. मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
१८. वन तथा वातावरण मन्त्रालय

प्रकाशित : शुक्रबार, फागुन ११, २०७४१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्री चयन गर्ने जिम्मा प्रधानमन्त्रीलार्इ