बुटवलतर्फ जाँदै गरेको बस र ट्रक ठोक्किँदा १५ घाइते, एकको अवस्था गम्भीर

Leaderboard Banner
File photo

काठमाडौँ । महेन्द्रराजमार्ग अन्तर्गत पर्ने नवलपरासीको हरकट्टामा ट्रक र यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

उक्त दुर्घटनामा परि ट्रक ड्राईभर गम्भीर घाइते भएका छन् भने  १५ यात्रु सामान्य घाइते भएका छन् । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १६०५ नम्बरको बस र बुटवलबाट पूर्वतर्फ जाँदै गरेको भारतीय यू.पी .८३ ए.टी .३९६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।

दुर्घटनामा परि भारतीय ट्रकका ड्राइभर घाइते भएको र उनको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई उपचारका लागि भैरहवा लगिएको छ भने अन्य घाइतेलाई बुटवल तर्फ पठाइएको छ ।

प्रकाशित : शुक्रबार, फागुन ११, २०७४१२:१६
अर्को समाचार:

प्रकाशमान सिंहले गरे देउवालाई पाखा लगाएर आफुनै संसदीय दलको देता बन्ने यस्तो दावी