छिट्टो गर्नुस्, नेपाल राष्ट्र बैंकमा खुल्यो १ सय ५१ जनाको लागि रोजगारी अवसर !

Leaderboard Banner

काठमाडौ – देशकै आकर्षक जागिरको रुपमा हेरिने नेपाल राष्ट्र बैंकमा १ सय ५१ जनाको लागि रोजगारीको अवसर खुलेको छ।

बैंकले एकै पटकमा यति धेरै जनाको लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको हो  । राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले आज (बिहीवार) सूचना जारी गर्दै अवश्यक पदहरुको लागि कर्मचारीको  दरखास्त आह्वान गरेको छ ।

बैंकले सहायक निर्देशक (अधिकृत तीतृय) तर्फ ४५, सहायक द्वितीय तर्फ ९६ र सूचना प्रविधि तर्फ सहायक १० जनागरी १ सय ५१ जनाको लागि दरखास्त खोलेको छ । आफ्नो योग्यता पुग्ने निवेदकले अनलाइन मार्फत पनि  दरखास्त फाराम चैत्र १ गतेसम्म बुझाउन सक्ने व्यवस्था बैंकले गरेको छ ।

 

प्रकाशित : शुक्रबार, फागुन ११, २०७४११:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा