मन्त्रीकाे टुङगाे लगाउन एमाले स्थायी समितिकाे बैठक, अाजै मन्त्रि परीषद् विस्तार गरीने

Leaderboard Banner

काठमाडाै ।  नेकपा एमालेले अाफनाे भागमा परेका मन्त्रालयका लागि मन्त्री छान्न एमाले स्थायी समितिकाे बैठक सुरू भएकाे छ । एमालेबाट सरकारमा जने सबै मन्त्रीहरूकाे मन्त्रीहरुको नाम टुङ्गो लगाउन बैठक बालुवाटारमा सुरू भएकाे हाे ।

एमाले र माओवादी केन्द्रबीच बिहीबार संघमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदसहित १८ वटा मन्त्रालय राख्ने तथा एमालेले ११ र माओवादीले ७ वटा मन्त्रालय पाउने  सहमति भएको हो । तर संघीय समाजबादी फोरम पनि सरकारमा आउन सकारात्मक भएकाले फोरमलाई दुई वा तीन मन्त्रालय दिनुपर्ने भए त्यसै अनुसार मन्त्रालय बाँडफाँट गर्न एमाले र माओवादी सहमत छन् ।

अध्यक्ष ओली गत बिहीबार प्रधानमन्त्रीमा नियुक्त भए संगै  एमालेबाट २ मन्त्रीकाे शपथ ग्रहण गराइसकेका छन ।  दुई दलबीच मन्त्रालय भागबण्डापछि प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तारको तयारी गर्ने जनाइएकाे छ । यस्तै बैठकमा  सङ्घीय समाजवादी फोरमलाई सरकारमा ल्याउने र माओवादीसँगको पार्टी एकताका बाँकी काम लगायतका विषयमा पनि छलफल हुने एमालेका नेताहरुले बताएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन ११, २०७४११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छिट्टो गर्नुस्, नेपाल राष्ट्र बैंकमा खुल्यो १ सय ५१ जनाको लागि रोजगारी अवसर !