यसरि पक्राऊ परे मोटरसाइकल चोरी गर्ने गिरोह…..

Leaderboard Banner

काठमाडौँ, महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

परिसरले विभिन्न मिति र समयमा स्कुटर तथा मोटरसाइकल चोरी गरी नम्बरप्लेट एवं स्वरुप परिवर्तन गरेर बेचबिखन गर्ने काभ्रे घर भई गोकर्णेश्वर बस्ने सुरेश तामाङ, सिन्धुपाल्चोकका उर्गेन लामा, प्रशान्त राई, छिरिङ तेञ्जिङ शेर्पा र सुशील मगरलाई उपत्यकाको विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेकासँग चोरीका बा ९० प ५२४६, बा८८प ३३९३, बा ९० प ९१९० र बा ७० प ८१३५ नंको मोटरसाइकल तथा स्कुटर प्रहरीले बरामद गरेको छ । उनीहरुले चाबहिलको मित्रपार्कमा रहेको सेन्ड एस इन्टरप्राइजेजमा लगेर मोटरसाइकलको नम्बर परिवर्तन गरी बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँबाट मुलुकी ऐन चोरी महलअन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । -रासस

प्रकाशित : बिहिबार, फागुन १०, २०७४२१:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस संगठित हुनुको विकल्प छैन ः महामन्त्री कोइराला