दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु, ३ घाईते

Leaderboard Banner

काठमाडौँ । दैलेखको सदरमुकामबाट महाबु गाउँपालि हिडेको जिप दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ  भने ३ जना घाइते भएका छन् ।

महाबु जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप साविकको रानीवन गाविसको ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेको जिप सडकबाट निकै तल खसेको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा महाबु गाउँपालिका-५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु-४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल छन् ।

यसैगरी घाइते हुनेको पहिचान खलेको छैन । घाइतेको उपचारको लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

प्रकाशित : बिहिबार, फागुन १०, २०७४१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गर्ल्स होस्टेलका केटीलाई जबरजस्ती करणीको प्रयास गरेपछि कमिस्नर पक्राउ