ओलीले प्रधानमन्त्री बन्ने बित्तिकै गरे यस्तो प्रसंशनीय निर्णय

Leaderboard Banner

काठमाडौैं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै सरकारी कार्यालयको विदेश भ्रमण रोक्न बिहीवार कडा निर्देशन जारी गरेको छ।

मन्त्रिपरिषद कार्यालयले अर्को सूचना जारी नभएसम्म स्वीकृत भएकासहित सबै सरकारी निकायका विदेश भ्रमण रोक्न मन्त्रालय र सम्बन्धित विभागलाई निर्देशन जारी गरिसकेको छ ।

अनुत्पादक विदेश भ्रमणले राज्यको ढुकुटी मात्र रित्याउने काम भैरहेको भन्दै बिना कुनै उपयुक्त काम बाहेक सरकारी रकममा विदेश भ्रमण गर्ने प्रचलन आलोचनाको विषय बनिरहेको सन्दर्भमा नयाँ बनेको ओली सरकारले यो निर्णय गरेको हो।

ओली सरकारको यो कदमलाई निकै प्रसंशनीय निर्णय रुपमा हेरिएको छ।

प्रकाशित : बिहिबार, फागुन १०, २०७४१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु, ३ घाईते