गर्ल्स होस्टेलका केटीलाई जबरजस्ती करणीको प्रयास गरेपछि कमिस्नर पक्राउ

Leaderboard Banner
सांकेतिक तस्विर

एजेन्सी – सिक्किमको एक छात्रालाई छेडछाड गरेको आरोपमा मंगलबार राति राजस्व विभागका जोइन्ट कमिस्नर(लेखा परिक्षक) रामबाबू प्रसाद गुप्तालाई पटना पुलिसले गिरफ्तार गरेका छन्। रामबाबू पटना निवासी हुन् र त्यहाँ नै उनी जागिर गर्छन र एकलव्य कोचिङ्ग सेन्टर नामको एक शैक्षिक संस्थामा कोचिङ्ग कक्षा पनि दिने गर्छन।

रामबाबूको कोचिङ्ग सेन्टरमा सात-आठ राज्यका विद्यार्थीहरु आएर पढ्ने गर्छन। तिनीहरुमध्ये सिक्किमका पनि लगभग तीस युवतीहरु उक्त कोचिङ्ग सेन्टरमा पढ्न आउछन। शनिबार राति होस्टेलको युवतीहरु फिल्म हेर्न गएका थिए, तर एक युवतीको स्वास्थ्य खराब भएको कारण गएकी थिईन। उक्त छात्राले सबै केटीहरु फिल्म हेर्न गईसकेपछि रामबाबू होस्टलमा आए र उनको कोठामा प्रवेश गरी जबरजस्ती करणीको कोसिस गरे भन्ने आरोप लगाएकी छिन्। उक्त छात्रा रामबाबुको पञ्जाबाट छुटेर आफ्नो अस्मिता जोगाउन सफल भने भएकी छिन।

उनले यस घटना बारे आफ्नो पितालाई फोन गरी बताईसकेकी छिन् जो सिक्किम पुलिस विभागमा छन्। उनका पिता मंगलबार राति नै पटनामा गई बुधबार बिहान दीघा थानामा उजुरी दिएका छन्। तथापि, यस मामिलाले फरक मोड लिन थालेपछि भारतीय राजस्व विभागको अधिकारीले युवती र उनका परिवारसँग माग मागेका छन्, तर युवतीले मानेकी छैन। छात्राले रामबाबू प्रसाद गुप्तालाई धेरै दिनहरुबाट अन्य युवतीहरुमाथि पनि यस्तै नराम्रो हर्कत गरेका आरोप लगाएकी छिन्। अहिले रामबाबू प्रसाद गुप्तालाई गिरफ्तार गरिएको छ।

प्रकाशित : बिहिबार, फागुन १०, २०७४१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काठमाडौँ आउँदै गरेको ट्रक त्रिसुलीमा खस्यो