वामगठबन्धनले गर्याे केन्द्रमा १८ मन्त्रालय बनाउने सहमति

Leaderboard Banner

काठमाडाै । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त कार्यदलकाे बैठकले केन्द्रमा १८ अाेटा मन्त्रालय बनाउने सहमति गरेकाे छ ।

बिहीबार मन्त्रालय बाँडफाट र पार्टी एकताकाे विषयमा छलफल गर्न बसेकाे बैठकले हाल रहेकाे ३१ मन्त्रालयमध्ये घटाएर १८ मन्त्रालय बनाउन लागेकाे हाे । अहिले रहेकाे मन्त्रालय मध्ये कुन मन्त्रालय कुनमा गाभ्ने भन्ने विषयमा भने प्रधानमन्त्री कार्यालयले नै टुङगाे लगाउने जनाइएकाे छ । त्यस्तै यसकै अाधारमा पछि एमाले माअाेवादीले संयुक्त रूपमा मन्त्री परीषद विस्तार गरीनेछ ।

स्राेतका अनुसार फेरी भाेली  बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या पारित गर्नेछ।  मन्त्रालय टुंगो भएपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी पनि भएको छ। बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लाएक्लै बैठक गरेका थिए ।

प्रकाशित : बिहिबार, फागुन १०, २०७४१४:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अझै पाएनन् भूकम्पपीडितले अनुदान