एक जमानाका प्रख्यात हस्ती कमेडियन तथा भिलेन कादर खान: अहिले यस्तो यस्तो अवस्थामा

Leaderboard Banner

एजेन्सी  – बलिउडका प्रख्यात हस्ती कादर खान जसलाई नचिन्ने सायद कमै मात्र होलान् । केहि समय देखि कादर खान आफ्नो छोरा र छोरीसँग क्यानाडामा बस्दै आएका छन् ।

८० सालका कादर अहिले अरुको साहरबिना हिड-डुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । हालै मात्र कादरकी बुहारी शाइस्ता खानले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा अब कादर खानलाई बोल्न पनि समस्या आएको बताएकी छिन् ।
शाइस्ताका अनुसार उनले ससुरा (कादर खानलाई ) कुनै पनि समस्या नहोस् भनेर आफ्नो दुवै छोरी साइमा र हम्जासँग मिलेर कादरको बच्चा झैँ रेखदेख गर्ने गरेकी छिन् । तर अहिले उनि अब अरुले बोलेको नबुज्ने भएका छन् । कदरले सबैलाई चिने पनि छोरा र बुहारीले बोलेको मात्र बुज्ने समस्याहरु भएको उनकी बुहारीले खुलासा गरेकी छिन्।

साथै अब कादर भारत कहिले फर्कन्छन् भन्ने प्रश्नमा कादरका छोरा सरफराजले पिता क्यानाडाको नागरिक भएको र त्यहाँ नै उनको राम्रो रेख-देख भएको हुँदा अब अब बिरामी बुबा भारत फिल्म खेल्नको लागि भने नजाने बताएका छन्। कादर खानले आफ्नो करियरको सुरुवात सन् १९७२ मा आएको चलचित्र ‘दाग’ बाट गरेका थए । यो बाहेक उनले (१९७६) मा ‘अदालत’ , (१९७७) मा ‘परवरिश’, (१९८०) मा ‘दो और दो पांच’, (१९८१) मा ‘याराना’, (१९९१) मा ‘खून का कर्ज’, (१९९२) मा ‘दिल ही तो है’, (१९९५) मा ‘कुली नं. १’, (२०००) मा ‘तेरा जादू चल गया’, (२०१४) मा ‘किल दिल’ सहितका थुप्रै चलचित्रहरुमा काम गरेका थिए ।

उनी अन्तिम पटक (२०१५) मा आएको चलचित्र ‘हो गया दिमाग का दही’मा देखा परेका थिए ।

प्रकाशित : बुधबार, फागुन ०९, २०७४१८:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्व चर्चित पपस्टार माइकल ज्याक्सनको मृत्युको रहस्य खुल्यो, छोरीले गरिन यस्तो खुलाशा