डा. केसीले सार्वजनिक गरे आफ्नो नगरिकता र प्रमाणपत्रहरु

Leaderboard Banner

काठमाडौं । चिकित्सा शास्त्र क्षेत्रका विकृति र विसंगतीको विरुद्ध लड्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफ्नो नगरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि उनले आज एक पत्रकार सम्मेलन गर्दै आफ्ना प्रमाणपत्रहरु सार्वजनिक गरेका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले नागरिकता र प्रमाणपत्रहरु सार्वजनिक गरेका हुन् । केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको समेत उल्लेख गरेका छन् ।

केसीले गरेको पत्रकार सम्मेलनमा उनको नागरिकता र अन्य शैक्षिक प्रमाणपत्रहरु सार्वजनिक गर्दै पत्रकारहरुलाई फोटो र भिडियो खिच्न दिईएको थियो ।

प्रकाशित : बुधबार, फागुन ०९, २०७४१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

महानायक हमाल के अब कम ब्याक नहुने हुन् त ( पुरा जान्नुहोस )