डा.केसीमाथी उठ्यो नैतिक प्रश्न, भेटिए ‘तीनथरी’ जन्ममिति

Leaderboard Banner

काठमाडाै । चिकित्सा शिक्षा काे सुधारका लागी  पटक पटक अनसन बस्दै आएका त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसीको फरक फरक जन्म मिति भेटिएको छ ।

केही समय अगाडी प्रधानन्यायधिस गाेपाल पराजुलीकाे प्रमाणपत्रहरूमा जन्ममिति फरक फरक भएकाे भन्दै नैतिक प्रश्न उठाउदै अाएका थिए । केसीले प्रधानन्यायाधिस पराजुलीको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई लिएर उनले राजिनामा दिनु पर्ने भन्दै पराजुली भ्रष्ट र नैतिकहिन भएको भन्दै आएका थिए ।

अहिले उनकाे विभिन्न प्रमाणपत्रमा फरक फरक जन्ममिति भेटिएपछि सामाजिक सञ्जालमा भाइरल भएरहेकाे छ । प्रमाणपत्रमा उल्लेख भएअनुसार केसीकाे एसएलसीकाे चारीत्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ उल्लेख गरिएको तर उपप्रध्यापक रहँदा सहप्रध्यापकमा बढुवाका लागि केसीले भरेको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ उल्लेख गरिएको त्यस्तै प्रध्यापक बढुवाका लागि उनले पेश गरेको आवेदन फारममा भने २०१३ असोज २७ उल्लेख गरिएका कागजात भेटिएकाे हाे ।

 

प्रकाशित : बुधबार, फागुन ०९, २०७४१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिनेः मन्त्री पण्डित