ट्रम्पपुत्र भारत भ्रमणमा

Leaderboard Banner

नयाँदिल्ली, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उहाँले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नुहुने भएको छ । राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लाग्नु भएको हो ।

भ्रमणका क्रममा उहाँले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्नुहुने भएको छ । एक अधिकारी भन्छनः “अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उहाँलाई त्यही अनुसारको व्यवहार गरेको छ,”

प्रकाशित : मङ्गलबार, फागुन ०८, २०७४१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन