देउवा सरकारकाे सिफारिस खारेज गर्दै राष्ट्रियसभामा तीनजनाको नाम सिफारिस

Leaderboard Banner

काठमाडाै ।  मन्त्रिपरिषदले  राष्ट्रियसभामा तीनजनाको नाम सिफारिस गरेकाे छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउँदै   नयाँ राष्ट्रियसभा सदस्यकाे नाम  सिफारिश गरेको हाे ।

सरकारले पूर्वगभर्नर युवराज खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो। खतिवडा राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुन्। बिडारी माओवादी केन्द्रबाट यसअघि समानुपातिक सांसद थिए। राई राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य हुन्। संविधानको धारा ८६ उपधारा २ (ख) मा ‘नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना’ राष्ट्रियसभामा रहने व्यवस्था छ। राष्ट्रियसभाको निर्वाचनमार्फत प्रदेशहरूबाट ५६ जना सदस्य निर्वाचित भइसकेका छन्।

यसअघि देउवा सरकारले   कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो। जुन राष्ट्रपति कार्यालयमा सिफारीसका लागी छाेडिएकाे थियाे ।

 

प्रकाशित : मङ्गलबार, फागुन ०८, २०७४१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु