भोलिको नेपाल बन्द फिर्ता हुँदैन बरु सशक्त हुन्छ : पार्टी सचिव ” बिपिन” [ विप्लब , ललितपुर ]

Leaderboard Banner

ललितपुर, नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले गर्ने भनेको भोली मंगलबारको नेपाल बन्द फिर्ता नहुने बरु अझै सशक्त हुने सोहि पार्टीका ललितपुर सचिव बिपिनले हामीलाई जानकारी दिएका छन् |

हाम्रा नेता र कार्यकर्ता माथि बिना कारण प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा गिर्फतार गरिएको छ , उनले थपे “ हाम्रा २ सय भन्दा बडी साथीहरु पार्टीको कार्यकर्ममा बिराटनगर पुगेको बेला बिनाकारण, सरकारले हाम्रो राजनीतिक क्रियाकलाप गर्न पाउने हाम्रो अधिकार माथि दमन गरेकाले बन्द गर्नु परेको बताए |

तपाईहरुको बन्दक कारण आमजनतामा परेको मर्का बुझनु भएको छ भन्ने बिगुल न्युज प्रश्नमा उनले भने “ यो हाम्रो रहर हैन ; जनतालाई हामी दु:ख दिने कुनै उद्यशय नभएको बरु राज्यको यस्तो दमनको जनताले खुलेर साथ दिने र सफल बनाउने विपिनको दाबी छ | भोली राजधानीका केहि कलेजले बिहानी कक्षा बिदा गरेका छन् |

प्रकाशित : मङ्गलबार, फागुन ०८, २०७४००:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बन्दको अवज्ञा गरेको भन्दै विप्लव बन्दकर्ताद्वारा मालवाहक ट्रकमाथि आगजनी