रसियाली चर्चमा अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँचको मृत्यु

Leaderboard Banner

मस्को, रसिया, रसियाको एक चर्चमा भएको बन्दुक आक्रमण परी कम्तिमा पाँच जनाको मृत्यु भएको रसियाली समाचार संस्था तासले सोमबार जनाएको छ ।

रसियाको दागेस्तान क्षेत्रमा रहेको एक चर्चमा आइताबार आक्रमण भएको थियो । सो आक्रमण चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सोमबार दिउसो मृत्यु भएको हो ।

चर्चमा भेला भएका क्रिश्चियन धर्माबलम्वी चर्चबाट बाहिरिने समयमा एक जना अपरिचित व्यक्तिले उनीहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो । किजल्यार भन्ने ठाउँको चर्चमा भएको उक्त घटनामा थप केही व्यक्ति पनि घाइते भएका प्रत्यक्षदर्शीले बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“घटनास्थलमा चार जनाको मृत्यु भएको र आक्रमणकारी पनि सुरक्षाकर्मीको प्रतिकारका क्रममा मारिएका” किजलरका मेयर अलेक्जेण्डर शुभालोभलाई उद्धृत गर्दै तास न्यूज एजेन्सीले जनाएको छ ।

आत्रमण कुन उद्देश्यले गरिएको थियो यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । -रासस÷एएनआई

प्रकाशित : सोमबार, फागुन ०७, २०७४१९:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु